
काठमाडौं । सात दलीय सा गडबन्धनको बैठक नयां वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । केहिबेर अघिदेखि सुरु भएको बैठकमा दलहरुबीच सरकारमा पठाउने मन्त्रीहरुका बिषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सिके राउत, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता बाबुराम भट्टराई लगायतको सहभागिता छ ।

बैठकमा नेताहरुबीच कुन दललाई कुन मन्त्रालय दिने भन्ने बिषयमा छलफल हुनेछ । आजै अपराह्नन ४ बजे नवनियुक्त प्रधानमन्त्री पचण्डले शपथ लिने कार्यक्रम छ । साथै उनले आजै सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने भएकाले सत्ता सझोदार नेताहरु बैठकमा जुटेका हुन्
बनाउनेछन् ।











