बेसाहारा बिमलालाई एक युवाको सहयोग, सहयोग पाएपछि अस्पताल गईन (भिडियोसहित)

काठमाडौं । अज्ञात गाडीको ठक्करबाट दाहिने हात गुमाएकी रामेछापकी विमला बिकको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । बिमलाको स्वास्थ्य अवस्थाबारे अनमोल मिडिया युटुब च्यानलमा उनको पहिलो अन्र्तवार्ता हेरिसकेपछि भारतमा बस्दै आएका रुकुमका प्रकास थापाले उनलाई उपचारका लागि नेपाली १६ हजार आर्थिक सहयोग गरेका हुन ।

उक्त आर्थिक सहयोग अनमोल मिडियाले अन्य संचारमाध्यमहरुको उपस्थितीमा पीडितलाई हस्तान्तरण गरेको छ ।
“बिमला बैनीको दर्दनाक अवस्था अनमोल मिडियामा हेरिसकेपछि आफुलाई निकै दुख र दया लागेर सानो सहयोग गरेको हुँ प्रकासले अनमोल पोस्टलाई भने, बिमलालाई ठक्कर दिएर भागेको गाडीलाई समात्न स्थानिय प्रशासनले चासो देखाउनुपर्छ, बेसाहारा बिमलाको उपचारमा सरकारले सहयोग गर्नुपर्छ ।”

चितवनको एक होटलमा भाडा माझेर गुजारा गर्दै आएकी बिमला काम सकेर कोठा फर्किदै गदाृ उनलाई चितवनको बिरेन्द्रनगर चोकमा गत माघ १३ गते राती सवा नौं बजेपछि अज्ञात गाडीले पछाडीबाट ठक्कर दिएको थियो । गाडीको डक्करबाट शक्त घाईते भएकी बिमलालाई अर्को दिन उपचारका लागि काठमाडौंको बि एण्ड बि अस्पताल ल्याइएको थियो ।

गाडीको ठक्करबाट दाँहिने हात चार ठाँउमा भाँचिएकाले बिमलाको हात नै काटेर फलिएको छ । काटिएको हातको उपचारका लागि पैसाको अभावमा उनलाई अस्पतालले डिस्चार्ज नगर्दै घर ल्याइएको थियो । त्यसपछि अनमोल मिडियाको सम्पर्कमा आएकी बिमलाकी दिदि अनु लोहनीले घटनाबारे पहिलो पटक संचारमाध्यममा जानकारी दिएकी थिईन ।

ठक्कर दिएर भाग्ने गाडीको खोजविन गरि कारवाही गरिदिन बिमलाकी दिदि अनुले जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालीका लगायतका निकायमा निवेदन दिदा समेत अहिलेसम्म दोसी पक्राउ पर्न सकेको छैन ।

“बैनीलाई ठक्कर दिएर भागेको गाडी समात्नमा सहयोग गरिदिनुस भनेर मेयर लगायत प्रहरीलाई भने तर कसैले वास्ता गरेनन् दिदि अनुले दुखेसो पोखिन, बेसाहारा बैनीको उपचारमा मैले रिन गरेर अहिलेसम्म चार लाख खर्च गरिसके, मसंग अब बैनीको हातको पट्टि खोल्न पनि पैसा छैन ।”

सहयोगका लागि भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई लेखिदिएको सिफारिस पत्र बोकेर आफु त्यहाँसम्म पुगेको दिदि अनुले बताईन । तर, आफु निरास भएर फर्किएको उनको भनाई छ ।

रामेछाप घर भएकी बिमलालाई श्रीमानले अर्को विबाह गरेपछि उनलाई दुईबर्ष अगाडी घरबाट निकालेको बिमलाले बताएकी छिन । घरबाट निस्किएर चितवन पुगेकी बिमलालाई दिदि अनुले सहयोग गर्दै आएकी थिईन । बिमलाका १० र ७ बर्षका दुई छोराहरु बुवासंगै रामेछापमा बस्दै आएका छन ।

चितवनमा भाँडा माझेर गुजारा गर्दै आएकी बिमलाको हात नै काटिएपछि अहिले थप पीडामा दिनहरु बिताइरहेकी छिन । उनको केहि दिनअघिमात्रै दाहिने खुट्टामा पनि समस्या देखिएको छ । तिघ्रामा ठुलो मासुको डल्लो निस्किएको र हिडडुल गर्न पनि नसकिरहेको उनले बताइन ।

आर्थिक सहयोग पाएपछि बिमला अस्पताल गईन


आर्थिक अभावका कारण काटिएको हातको पट्टी समेत फेर्न नसकिरहेकी रामेछापकी बिमला बिकले आफ्नो स्वास्थ्य जाँच गराएकी छिन । भारतमा बस्दै आएका रुकुमका प्रकास थापाले उनको स्वास्थ्य उपचारका लागि दिएको पैसा बोकेर उनि बि एण्ड बि अस्पतालमा गई काटिएको हातको पट्टि फेरेकी हुन ।

पैसाको अभावमा उनले बिहीबार साँझ मात्रै काटिएको हातको पट्टि फेरेको जानकारी दिइन । डाक्टरका अनुसार हात काटेको घाउ ठिक हुन अझै दुई / तीन महिना लाग्नेछ । साथै बिमलाको खुट्टामा आएको समस्याका बिषयमा समेत डाक्टरलाई देखाएकी छिन । काटिएको हातको पट्टि फेर्न एकचोटीमा पन्ध्र सय देखि दुई हजारसम्म खर्च लाग्ने दिदि अनुले बताईन ।

अझै दुई/ तीन महिना बैनीको उपचार कसरि गर्ने भन्ने बिषयमा चिन्ता ब्यक्त गर्दै दिदि अनुले बैनीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा हार्दिक अपिल समेत गरेकी छिन ।

आर्थिक सहयोग हस्तान्तरणको भिडियो हेर्नुहोस

बिमलाको पहिलो अन्तरवार्ता हेर्नुहोस

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार