काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका जादैछन् । प्रचण्डसहित उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आइतबार साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्न लागेको हुन ।
अमेरिकाको जोन हकिङ्स् अस्पतालमा प्रचण्ड पत्नी सीताको उपचार हुनेछ । दुई महिनाअघि अध्यक्ष प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारी गरिरहदा भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका यात्रा स्थगित गरेका थिए । प्रचण्ड पत्नी सीता पार्किन्सन रोगबाट ग्रसित छिन् । सीताको यसअघि भारत र सिंगापुरमा स्वाथ्य उपचार गरिएको थियो ।