
काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्धसंग जोडिएका बिषयमा एकपछि अर्को निर्णय गरिरहेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकुहरुलाई राहात दिने निर्णय गरेको छ । सरकारले अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएरै राहत दिने निर्णय गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकारले गत सातामात्रै जनयुद्धमा मारिएकाहरुलाई सहिदको सूचीमा राखेर राजपत्रमा प्रकाशित गरेको थियो । त्यस्तै फागुन १ लाई जनयुद्ध दिवसको राष्ट्रिय मान्यता दिएको थियो।
माओवादी शान्ति प्रकयामा आएपछि जनयुद्धका केहि लडाकुलाई अयोग्य भन्दै अपमानित गरेर घर फर्काएइको थियो । त्यसरी घर फर्काइएका लडाकुहरुले आफ्नो ब्यवस्था गरिनुपर्ने भन्दै आवाज उठाउँदै आएका छन् ।













