काठमाडाैंमा होलीका नाममा उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ

काठामाडौँ । होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार जवरजस्ती रङ दल्ने र लोला हान्नेलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष काठमाडौमा शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।

यसैबीच काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो । उनको पचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले होलीको नाममा हुने गतिविधिलाई नियन्त्रण गर्नका लागि यो वर्ष ठाउँ ठाउँमा सुरक्षा व्यवस्था मिलाउनुका साथै चेकजाचँलाई पनि कडाई गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार