रविका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजि सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। चिवतनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि आज साँझ काठमाडौं ल्याइएको हो । उनको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको रास्वपाले जनाएको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा करिब ३६ घण्टासम्म भेन्टिलेटरमा राखेर थापाको उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको सभापति लामिछानेले बताएका छन् । हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार