
काठमाडौं । नागरिकताविहिन एक युवकले काठमाडौंमा आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहिनलाई सरकारले नागरिकता दिन ल्याएको विधेयक सर्वोच्चले रोकेको भन्दै ति युवाले आत्मदाहको प्रयास गरेका हुन् ।
देशका विभिन्न ठाउँबाट आएर लामो समयदेखि काठमाडौंको माइतीघरमा नागरिकता माग्दै धर्ना दिइरहेका युवामध्ये निरज नाम गरेका ती व्यक्तिले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
आगोले जलेर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।










