व्यवसायी मल्होत्राले भनेः ‘सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु’


काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

आज दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको नरहेको बताएका हुन्। हिजो दिउँसो बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको खबरहरु आएका छन् ।

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्। मल्होत्राले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने र खण्डन नछापे कानुनी उपचारमा जाने समेत बताए ।

उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको पनि बताए । बरामद भएको सुनमा आफ्नो संलग्नता पुष्टि भए सजाय भोग्न तयार रहेको समेत उनले बताए । तस्करहरुले आफ्नो नाम जोडेर केस डाइभर्ट गर्न खोजेको उनको भनाई छ ।

आफू २५ वर्षअघि सुन व्यवसायमा रहेकाले अहिले पनि सुनको विषय आउँदा आफुलाई जोडिदिने गरेको मल्होत्राले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा राजश्व तिरेर पास भएको झण्डै एक कुण्टल सुन सिनामंगलमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार