पत्नी सीताको उपचारपछि प्रचण्ड नेपाल फर्किए, अमेरिकामा तिब्बत र उत्तर कोरियाको कुरा उठ्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणका क्रममा आफुले तिब्बती शरणार्थीबारे उच्च निकायमा जानकारी गराएको बताएका छन् । उनले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री एलिस जी वेल्सलाई विदेश मन्त्रालयमै गएर कोरिया र तिब्बती शरणार्थीबारे जानकारी दिने मौका मिलेको बताए ।

‘तिब्बतको मुद्दामा हामी चाहन्छौं कि नेपालले मानवअधिकारको विषयमा जसरी विगतदेखि गर्दै आएको हो, त्यसरी नै गरोस् भन्ने थियो’ प्रचण्डले अमेरिकी अधिकारुसिँगको भेटबारे जानकारी दिँदै भने, ‘उत्तर कोरियाको विषय पनि उठ्याे । नेकपा अध्यक्ष प्रचण्डले थपे, ‘हिजोकाे विवाद, भेनेजुएला उठ्छ कि भन्ने लागेको थियो । उठेन र मैले भनिरहनु आवश्यक भएन ।’

श्रीमतीको उपचारपछि नेपाल फर्किएका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै आफ्नो भ्रमणमा अमेरिकी सरकारले सहयोग नै  गरेकाे बताएका छन् ।

प्रचण्ड सहितको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको थियो । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गरेका थिए ।

प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै हल्ला फैलिएको थियो । नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजुरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध विरोद्ध गरिरहेका थिए ।

प्रचण्डले यो विषय आफ्नो छोरीले जहाजमै थाहा पाएको बताए । उनले भने, मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा भयो । के भएछ, किन त्यसो गर्ने भनेर म आश्चर्यमा परेँ । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि ?’

प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उनले भने, ‘तर, केही भएन । खाली जस्तो मात्र थियो ।’

श्रीमती सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार