‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि धरान जाँदै गरेको र्‍याली तरहराबाटै फर्कियो


धरान । धरानमा ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि जाँदै गरेको र्‍याली तरहराबाटै फर्किएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेपछि र्‍याली तरहराबाटै फर्किएको हो ।

धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्‍यालीलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेका थिए। प्रदर्शनका लागि पुगेकाहरूले त्यसपछि तरहरामै कोणसभा गर्दै देशभरि प्रदर्शन गर्ने घोषणा गरेका छन्। वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शनको आयोजना गरेका थिए ।

यसअघि प्रदर्शनका लागि धरान जान आह्वान गरिएपछि प्रशासनले शनिवार दिनभरिका लागि धरान उपमहानगरमा निषेधादेश जारी गरेको थियो।निषेधादेशका कारण शनिवार बिहानैदेखि धरानमा मानिसहरूको चहलपहल न्यून देखिएको स्थानीयवासीले बताएका छन्।
निषेधादेशका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन समेत प्रभावित भएका छन् ।

धरानमा बजार भने आंशिक खुलेको थियो। त्यस्तै स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन अवरुद्ध नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार