
चितवन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले देशको समग्र विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । चितवनको माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले देशको समग्र विकासकालागि सबै दल एक भएर राष्ट्रिय सहमती आवश्यक रहेको बताएका हुन् ।
देश विकासका एजेण्डामा पनि दलहरुबीच एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारका कारण सरकारहरु असफल हुँदै आएको उनको भनाई थियो ।
गृहमन्त्री श्रेष्ठले देशमा विकास र समृद्धी ल्याउन स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबै दलहरु मिलेर अघि बढेमा छोटो समयमा देशको मुहार फेरिने समेत बताए ।
चितवनको माडीका स्थानियवासीहरुको समस्याप्रति आफू जानकार रहेकाले निकुञ्जको बाटो कालोपत्रे गर्ने र सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए ।















