आठौँ राष्ट्रिय खेलकूद वैशाखमा

काठमाडौँ । पुर्बाधारका कारण आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति तेस्रो पटक सर्दै वैशाखमा हुने करिब पक्कापक्की भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ मा उक्त प्रतियोगिता हुने निर्णय गरेको हो ।

नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बन्दै आएको थियो । यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार