रास्वपाले गर्यो वडा समिति गठनका लागि आह्वान


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडामा समिति गठनका लागि आज आह्वान गरेको छ । रास्वपाले ६ हजार पाँच सय वडामा समिति गठनका लागि असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका गर्न अनलाइन आह्वान गरेको हो ।

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गरिने कार्यतालिका पार्टीको रहेको छ । कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

रास्वपाले मंगलबार एक सुचना जारी गरी यो जानकारी गराएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार