काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको तेस्रो खेलमा नेपालका सन्दिप लामिछानेलाई मौका दिएको छ। दिल्ली क्यापिटल्स र कोलकत्ता नाईटराईडर्सबीचको खेलमा सन्दिपलाई मौका दिइएको हो ।
भारतमा जारी १२ औ संस्करणको इन्डियम प्रिमियर लिग क्रिकेटमा अहिले दिल्ली र कोलकत्ताबीच प्रतिशपर्दा हुदैछ । कोलकत्ताविरुद्व दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ ।
अघिल्ला दुई खेलमा उनी प्लेईङ सेट बाहिर रहेका थिए।सन्दीप बिना दिल्लीले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । कोलकत्ता भने दुवै खेलमा अपराजित रहेको छ।
यस्तोमा कोलकत्ताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ। सबैले सन्दिपको खेलको प्रतिक्षा गरिरहेका छन् ।