उद्योग, श्रम तथा उपभोक्ता हित समितिका सभापति खान कैलालीमा उपभोक्ता सम्बन्धि सचेतना फैलाउदै


काठमाडौं । सरकारको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अबदुल खानले चाडपर्वको बेला हुनेसक्ने कालोबजारीलाई रोक्न सबै सरोकारवाला निकायले सचेत हुनुपर्ने बताएका छन् । बुधबार कैलाली पुगेका खानले प्रदेश कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चाडपर्वको बेलामा उपभोक्ता बढी ठगिने भएकाले बजारमा हुने कालोबजारी रोक्न सम्बन्धीत निकाय सचेत हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनमा हुदै गरेका गतिबिधिको बारेमा सबैलाई जानकारी दिएका थिए । चाडपर्वको बेला खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङगो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका गुनासो धेरे आउने गरेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि कैलालाीमा सरोकारवाला निकायसँग छलफल गरेर राम्रो कामको सुरुवाद भएको नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, कैलाली जिल्लाका कार्यालय प्रमुखहरु, सुरक्षा निकाय प्रतिनिधि, उद्योगी, ब्यावसायी र नेपाली उपभोक्त संरक्षण महासंघका प्रतिनिधि लगायतको सहभागितामा रहेको थियो ।

खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । पहिलो परम्परागत मिसावट र दोस्रो आधुनिक प्रविधिबाट गुणस्तर नै कम हुनेखालका केमिकल मिसावट हुने गरेको छ । कार्यक्रममा दशैं तिहारलाई लक्षित गरी चाँडपर्वमा मिसावट रहित खाद्य जनतालाई कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

यसै बिच खानको नेतृत्वमा रहेको टोलीले नेपाली उपभोक्त संरक्षण महासंघका प्रतिनिधिसँगै आजै कैलालीको गेटामा रहेको RP MIll Industry मा खाध्य बस्तुमा हुदै गरेको मिसावट लाई मध्यनजर गरी अनुगमन गरेको छ ।

यसअघि आजै कैलाली पुगेका खानलाई नेपाली उपभोक्त्ता सरक्षण महासघ कैलाली जिल्लाका पदाधिकारीहरुले गेटा बिमानस्थलमा स्वागत गदै यसै विषयमा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार