आँधी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने: ‘उपचार सन्तोषजनक, राहात प्रकृया सुरु, (भिडियोसहित)

बिरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आँधीहुरीका घाईतेहरुलाई भेटेका छन् । आँधी प्रभावितहरुको अवस्था नाजुक भएको खबर आउना साथ मंगलबार त्यसतर्फ गएका प्रचण्डले नारायणी उपक्षेत्रीय अस्पताल बिरजंग पुगेर घाईतेहरुलाई भेटी अवस्था बुझेका हुन ।
अस्पतालका बिरामीसंगहरुको भेटघाटपछि संचारकर्मीलाई प्रतिकृया दिदै प्रचण्डले भने, ” घटना भएको बेला उद्धारको काम राम्रैसंग भएको रहेछ, अस्पतालहरुमा पनि नर्स, डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले घाईतेहरुको राम्रो उपचार गरिहरनु भएको रहेछ, जुन कार्य प्रसंशनिय छ ।”

सरकारले पीडितहरुलाई राहात दिने बिषयमा प्रकृया अघि बढाइसकेको जानकारी दिदैं अध्यक्ष प्रचण्डले आँधी प्रभावितहरुको जिवन सहज बनाउनतर्फ पार्टी लगायत सरकार गम्भिर रहेको बताए ।

प्रचण्डले बारा र पर्साको प्रभावित क्षेत्रमा प्रभावितहरुलाई भेट्ने उनिहरुलाई राहत सामाग्री समेत वितरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानाएको छ ।

आँधी प्रभावितहरुलाई खान र राती ओत लाग्ने ठाँउको समस्या रहेको खबर पाउना साथ अध्यक्ष प्रचण्ड बिहान आफै प्रभावित क्षेत्रमा गएका थिए। आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीमा परी २७ जनाले ज्यान गुमाएका थिए भने करिब ५ बढि घाइृते भएका थियो ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार