प्रधानमन्त्रीले बालेनको प्रशंसा गर्दै भनेः महानगरले सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गरिरहेको छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरू आफूले गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् । २९औं महानगर दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले महानगरले सहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, लागुऔषध, सुर्ती, चुरोटलगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्त्वपूर्ण कदम चालेको भन्दै प्रशंसा समेत गरेका छन्।

‘पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । सहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, त्यसले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरले देशका अन्य स्थानीय तहलाई समेत अनुकरणीय नमुना प्रस्तुत गरिरहेको उल्लेख गर्दै राजधानी सहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न मेयर, उपमेयर लगायत सिंगो टिमको प्रयास प्रशंसनीय रहेको बताए।

उनले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए।

उनले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताए ।

यो पनि पढौं

प्रधानमन्त्रीकै अघि बालेनले भनेः तीन विशेष काममा प्रधानमन्त्रीज्यूले सहयोग गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार