प्रधानमन्त्रीकै अघि बालेनले भनेः तीन विशेष काममा प्रधानमन्त्रीज्यूले सहयोग गर्नुहोस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफुले गर्न बाँकी तीन वटा विषेश काम सम्पन्न गर्न प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेका छन् । २९ औँ महानगर दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् ।

उनले महानगरले गर्न बाँकी तीन वटा काममा तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीको पहलमा छिट्टै अघि बढ्ने बताए ।

मेयर शाहले आफूले वाचा गरेअनुसार नै महाजगरमा काम भइरहेको जिकिर समेत गरेका छन् । चुनावमा आफुले वाचा गरेअनुसार नै महानगरले काम गरिरहेको त्यसमा महानगर बासीले सन्तुष्ट रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार