पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले रास्वपा सभापति रवि लामिछाने, माओवादी विधार्थी नेता दिपेश पुनलगायत विरुद्ध प्रहरीमा उजुरी दिएका छत् । आज बचतपीडित संघर्ष समितिले लामिछाने, पुन लगायत सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र अन्य १५ कम्पनीविरुद्ध जिल्ल प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका हुन् ।
निवेदन आएसंगै अनुसन्धान सुरू गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताएका छन् ।
लामिछाने, पुन लगायत उजुरी परेका संस्थाहरूमा नेचर हर्ब प्रालि, गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङउड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पुन, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि, जीबी राई समूहका सहकारी काठमाडौंको स्वर्ण लक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगञ्जको सानो पाइला सहकारी लगायतका रहेको रहेको प्रहरीले जनाको छ।
प्रहरीकाअनुसार उजुरीमा जीबी समूहद्वारा ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब रुपैंया अपचलन भएको छ ।
संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पनि अवैध रूपमा ऋण प्रवाह भएको र तत्कालीन समयमा लामिछाने उक्त कम्पनीको प्रबन्ध निर्देशक रहेकोले पुनः अनुसन्धानको माग गरेको बताएका छन् ।
प्रहरीमा यसअघि नै १ हजार ७६ वटा जाहेरी दर्ता भैसकेको छ ।
यस सहकारीकाण्डमा मुछिएका जिबि राई फरार छन् भने सभापति लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै आएका छन् ।