
काठमाडौं । नयाँ सत्ता गठबन्धनका दलहरुको बैठक बालुवाटारमा बस्दै छ । मन्त्रालय भागबण्डाको टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेताहरुको बैठक सरकारी निवास बालुवाटार बस्न लागेको हो ।
बालुवाटार स्रोतका अनुसार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ । र छलफल पछि आजै बस्ने बैठकले मन्त्रालय टुंग्याउने तयारी गरिरहेको बताइएको छ । यसअघि सोमबार बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।








