काठमाडौं । लोक तथा दोहोरी गायिका मिरा गोर्खाली र रविन लामिछानेको आवाजमा देउरालीमा सल्लो बजारमा आएको छ ।
‘रुखो बचन बोलिन कैलेली, कम्ता माया गरिन मैलेनी, देउरालीमा सल्लो, मेरो माया चिनीझै गुलियो तिम्रो माया खल्लो’
यी शब्द रहेको उक्त गीतदेउरालीमा सल्लोमा आफुले माया गरेको मान्छेसंग एकअर्काले गरेको गुनासोलाई महेन्द्र गौतम र अन्जली अधिकारीले अभिनयमार्फत उतारेका छन् ।
गीतमा गायक स्वयं रविन लामिछानेको शब्द तथा संगीत रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको छ ।