रविविरुद्ध संगठित रुपमा सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता भएको छ । पूर्वगृहमन्त्री समेत रहेका उनि विरुद्ध कास्की जिल्ला अदालतमा आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

प्रहरीको अनुसंन्धान प्रतिवेदन बुझिसकेपछि सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ।
सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको प्रहरीको अनुसंन्धानमा दावी गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिइन् ।

गत शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगीकै आरोपमा सहककारी पूर्वअध्यक्ष एवम् गोर्खा मिडिया नेटकर्वका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्धा दर्ता गरिएको थियो । राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको हो। गत १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्ला सहकारी वकिलको कार्यालयले शुक्रबार र आइतबार गरी मुद्धा दर्ता भएका आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् ।

सूर्यदर्शन सहकारीको रकम ठगीका बिषयमा प्रहरीले मूलतः पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदनलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो । सहकारीको रकम ऋण लिने काममा आफ्नो व्यक्तिगत र गोर्खा मिडियामा संस्थागत रुपमा समेत संलग्नता नभेटिएको दावी गरेका रवि लामिछानेले ब्याज तिर्ने क्रममा काटेका चेकहरु फेला परेको प्रहरीको दावी छ । प्रहरीले सूर्यदर्शनका नाममा काटिएका चेकका प्रमाणहरु मुद्धामा समावेश गरी अदालत पेश गरेको छ ।

एक अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएपनि सबै रकमको दायित्व रवि लामिछानेसँग जोडिएको छैन । उनको नाममा प्रवाह भएको ऋण र गोर्खा मिडियामा भएको लगानीमा मात्रै उनी जोडिएकाले उनीमाथिको आरोप त्यसमै सीमित भएको अनुसंन्धानमा खटिएका प्रहरीको भनाई छ ।

सूर्यदर्शन सहकारीको ठगीको आरोपमा यसअघि १८ असोज, २०८० मा जिल्ला अदालत कास्कीमा मुद्दा दार्ता भएपछि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार