कैलाली । काठमाडौबाट कन्चनपुर जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । पुर्बपश्चिम राजमार्गको कैलाली चिसापानीमा पवनदुत यातायातको ना ५ ख ६६८० नम्बरको यात्रुबाहक बस ठुलो दुर्घटनाबाट जोगिएको हो ।
चिसापानी पुलबाट ३ किलोमीटर पश्चिममा पुलको पोलमा बस ठोक्किएर अनियन्त्रित भइ विपरित दिशामा गइ दुर्घटनाबाट बचेको थियो । गुडिरहेको बसको एक्कासि पट्टा टुट्दा बस अनियन्त्रित भई पुलको पोलमा ठोक्किएको बस चालक धिरज बिष्टले बताए ।
उनकाअनुसार बसको अगाडी एकातिरको पट्टा पहिलेनै चर्किएको र पुलको जम्पिगंमा अगाडी दुबैतिरको पट्टा टुटेको छ । बस अर्का चालकले गुडाइरहेका थिए । पोलमा ठोक्किदा बसको अगाडीतिरको भाग कुच्चिएको छ भने यात्रु सबै सकुशल छन ।
नयाँ बर्ष मनाउन घर जादै थियौं तर ठुलो दुर्घटनाबाट बचियो, काठमाडौंबाट घर जादै गरेका झलारी कंचनपुरका केसव साउदले बताए । बसको एउटा पट्टा चर्किएको थाहा हुदा हुदै चालकले बस तिब्रगतिमा गुडाइरहेकाले पुलको जम्पिगंमा लोडका कारण बस अनियनत्रित भएको उनको भनाइ छ ।
यात्रुहरु काठमाडौंबाट नयां बर्ष मनाउन घर फर्किरहेका थिए । बसमा करिब ५० यात्रु छन् । बसको पट्टा बिग्रिएर बिचबाटो मै यात्रु चक्रो घामम अलपत्र छन् । बसको बिग्रिएको सामान लम्की बजारबाट लिएर आएपछि बस मर्मत गरि यात्रुलाई गन्तव्यमा पुर्याउने चालकले बिष्टले बताए ।