काठमाडौं । संसदीय सुनुवाइ समिति प्रस्तावित सर्वाेच्च न्यायाधिश र निर्वाचन आयोग प्रमुखमाथि उजुरी दिने उजुरी कर्तासंग छलफल गर्ने भएको छ । समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाविरुद्ध पाँच, सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाश ढुङगानाविरुद्ध दुई र हरि फुँयालविरुद्ध एक उजुरी परेका छ ।
समितीले बिहान ११ बजे ११ जना उजुरीकर्तासँग छलफल गर्ने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यसैबीचः संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई आजनै गर्ने भएको छ । समितीको आज दिउँसो २ बजे बसने बैठकमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरीमाथि सुनुवाई गर्ने भएको हो ।
आज प्रमुख निर्वाचन आयुक्तको सुनुवाई सकेपछि भोली सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई गर्ने भएको छ । सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्धय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाई गर्ने सभापति कर्णले बताए ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।