आइपीएल : राजस्थानमाथि पञ्जावको जित

चण्डीगढ । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा किङ्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट मैदानमा गएराति भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो । घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो ।

राजस्थानका राहुल त्रिपाठीले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए । सञ्जु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए ।

पन्जाबका अर्सदिप सिंह, रविचन्द्र आश्विन र मोहमद सामीले २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विनले विस्फोटक ब्याटिङ गर्दै चार बलमा १७ रन बनाएर अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिएका थिए । प्रतियोगितमा पन्जाबको यो पाँचौं जित हो । चौथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार