जहालमा आगो लाग्दा रुसमा ४१ जनाको मृत्यु

काठमाडौं । रुसमा जहालमा आगो लाग्दा  ४१ जनाको मृत्यु भएको छ । जहाज आकस्मिक अवतरण गर्न खोज्दा आगो लागेपछि उनीहरुको मृत्यु भएको हो । राष्ट्रिय ध्वजावाहक एरोफ्लोटको सुखोई सुपरजेट (१०० उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ जना सवार थिए।

रूसी समयअनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको जहाजमा टेकअफ भएको केहीबेरमै समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि चालकहरूले जहाज आकस्मिक अवतरण गराएका थिए । जहाज धावनमार्गमा पुगेपछि इन्जिनमा आगो लागेको थियो।

आगो लागिरहेको जहाज उद्दार गरिएका व्यक्तिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जहाजमा समस्या देखिए पछि चालकले आपतकालिन अवतरण गर्दा इन्जिनमा समस्या भएर आगो लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार