बुटवल । रूपन्देहीको सैनामैनामा फरक फरक ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यसैगरी स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का १६ वर्षिया आशीष न्यौपानेको पनि मृत्यु भएको हो।
तराईमा गर्मी बढेकाले पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ । न्यौपाने मामाघरबाट पौडी खेल्न भन्दै गएका थिए ।