चर्चित फुटबलर मेस्सीले जिते छैटौ पटक पीचीची अवार्ड

 

काठमाडौं । सर्वाधिक लोकपृय फुटवल खेलाडी लियोनल मेस्सीले पीचीची अर्वाड जितेका छन् । स्पेनिस ला लिगा फुटबलमा सर्वाधिक गोलकर्तारुपमा उनले यो अर्वाड जितेका हुन । स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बार्सिलोनाका कप्तान मेस्सीले आइतबार राति लिगको अन्तिम खेलमा दुई गोलगरी सर्वाधिक गोलकर्ता बनेका थए।

उनले यो सिजन मात्रै लिगमा ३६ गोल गरे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै ५० गोल गरेका छन् ।
सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार