भोलीदेखि अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुँदै

 

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता २०१९ हुँदैछ । भोलीदेखि (शुक्रबार) काठमाडौको गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा प्रतियोगित हुने भएको हो ।

तोयाकान नेपाल बादोरियो कराँते डो संघ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता २०१९ को आयोजना गरेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खुलकूद’ भन्ने मूल नाराका साथ जेठ १० र ११ गते दुईदिन हुने प्रतियोतिामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशहरुबाट खेलाडी सहभागी हुनेछन्।

प्रतियोगितामा काता र कुमिते गरी ३० खेलको विधामा सहभागी खेलाडीहरुले ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार