मेस्सीको बार्सिलोनालाई हराउदै भ्यालेन्सियाले उपाधि जित्यो

 

काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोड्रिगोले गोल गरे ।
खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ्यालेन्सियाका लागि केभिनले गोल गरेका थिए । ३३ औं मिनेटमा भ्यालेन्सियाले अर्को गोल थप्दै २-० गोलको अग्रता बनाएको थियो । यो पटक रोड्रिगोले गोल गर्न सफल भए ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो । तर भ्यालेन्सियालाई रोक्न भने सकेन । बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।

खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-१ गोलको अग्रतामा ल्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २(१ गोलअन्तरले पराजित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार