अपडेट : काठमाडौंमा भएको बिस्फोटमा परी मर्नेको संख्या चार पुग्यो

कोटेश्वरबाट ७ र नागढुंगाबाट १ जना पक्राउ

काठमाडौं । काठमाडाैंका विभिन्न ठाउँमा भएका बम बिस्फोटमा परी मर्नेको संख्या ४ पुगेको छ । सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाते भएका ४ मध्ये एक जनाको उपचारका क्रममा निधन भएपछि मर्नेको संख्या ४ पुगेको हो।

यसअघि सुकेधारमा २ जना र अनामनगरस्थित घट्टेकुलोमा १ जनाको घरको कोठामै बम विष्फोटबाट घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको छ ।

मृतक दुई जनाको सनाखत

घट्टेकुलोको विस्फोटमा परी मृत्यु हुनेको सनाखत भएको छ। लोकमन्जरी कार्कीको घरमा भएको विस्फोटमा मृत्यु हुने प्रज्वल शाही रहेको खुल्न आएको छ । शाही नेत्रविक्रम चन्दसँग निकट भएको प्रहरी स्रोतले बतायो।

पार्टीमा उनको के भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता रविन केसी घाइते भएका छन्।

सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन संचालन गरीरहेका  अन्दाजी ५९ वर्षका जीवकुमार ठाकुर रहेका छन् । सैलुनमै मृत्यु भएका एक जना र   अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एककाे  भने सनाखत हुन सकेको छैन।

कोटेश्वरबाट ७ जना पक्राउ

यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्।

नागढुंगामा बम विस्फोट, एक पक्राउ

नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

घटनामा संलग्नमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रागिरी ३ का २३ वर्षीय विक्रम लामा रहेका छन्। एक जना भने फरार रहेको थानकोट प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए।

विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

याे पनि पढ्नुहाेस् 

राजधानीमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार