नायिका पुजा शर्माको खर्च कति ? थाहा पाउनुहोस्

काठमाडौं । नायिका पुजा शर्माले महिनामा ठ्याक्कै यति खर्च हुन्छ भन्ने हिसाब नभएको बताएकी छन् । तर ८५ देखि ९५ हजार रुपैयाँ खर्च हुने उनको अनुमान छ । उनले भनिन् , म सानै देखि खर्चिलो छु, नायिका भएपछि त झन्, ड्रेसअप, मेकअप तथा खानपिनमा राम्रै खर्च हुन्छ । सानोमा घरका मान्छेसँग मागेर खर्च गर्थे । अहिले आफैँ कमाउन थालेपछि त खर्चको मात्रा झन् बढेको छ ।

ड्रेसअपमा ३५ हजार

सबैभन्दा बढी खर्च डे«सअपमा खर्च हुन्छ । कुनै पनि ड्रेस मन पर्यो भने जतिसुकै महँगो भए पनि किनिहाल्छु । बजारमा नयाँ फेसन आयो भने पनि मलाई खबर आइहाल्छ । आफूलाई मन पर्ने ड्रेस किन्न कत्ति पनि लोभ लाग्दैन । विदेश गएका वेला त दह्रै सपिङ हुन्छ । महिनामा ३०–३५ हजार ड्रेसमा खर्च हुने गरेको छ ।

ब्युटी पार्लरमा १५ हजार

म वेला–वेलामा ब्युटी पार्लर गइरहन्छु । मलाई हेयर स्टायलमा बढी रुचि छ । पार्लरमा महिनाको १५ हजारजति खर्च हुन्छ । सुटिङका वेला र सुटिङ नहुँदाको खर्चमा भने तलमाथि पर्छ । प्रायः आफन्त, साथीको बिहे, पास्नी, बर्थडे परिरहेको हुन्छ । पार्टीमा जाँदा गिफ्ट लग्नुप(यो, सोहीअनुसार तयार भएर जानुप(यो । त्यसमा पनि राम्रै पैसा खर्च हुने गरेको छ ।

खाजामा १५ हजार

खानपिनमा पनि राम्रै खर्च हुने गरेको छ । साथीहरूसँग कफी, खाजा खाइन्छ । रेस्टुरेन्ट नियमितजस्तै गइन्छ । त्यहाँको खर्च महिनामा १५ हजारजति हुन्छ । कतै घुम्न गइयो भने खर्च बढ्छ ।

गाडी र मोबाइलमा ३० हजार

म कारमा हिँड्छु । त्यसको मेन्टिनेन्स, पेट्रोल आदिमा प्रतिमहिना २० देखि २५ हजार खर्च हुन्छ । मोबाइलमा सात–आठ हजार भए पुग्छ । डाटा पनि त्यसबाटै चलाउँछु । त्यसैले अलि खर्चिलो भएको हो । यो महिना मोबाइल बिग्रिएकाले मेरो थप ५० हजार खर्च भयो ।

म कारमा हिँड्छु । त्यसको मेन्टिनेन्स, पेट्रोल आदिमा प्रतिमहिना २० देखि २५ हजार खर्च हुन्छ । मोबाइलमा सात–आठ हजार भए पुग्छ । डाटा पनि त्यसबाटै चलाउँछु । त्यसैले अलि खर्चिलो भएको हो । यो महिना मोबाइल बिग्रिएकाले मेरो थप ५० हजार खर्च भयो ।

एउटा नायिकाको  झण्डै एक लाखको हाराहारीमा मासिक खर्च हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार