हेटौंडा । मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका ८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेका छन् । उनीहरुको एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा मृत्यु भएको हो ।
मृतक दुबैजना स्काभेटरका सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरका चालक भने भागेर बाँच्न सफल भएका छन् ।