भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
थिम्पुको चाङलिमिथाङ मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलाई हराउदैं फाइनलको यात्रा तय गरको हो । भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।
निर्धारित ९० मिनेटसम्म कुनै पनि गोल हुन नसकेपछि दिइएको अतिरिक्त समय दुबैले १-१ गोल गरि बराबरीमा पुगेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएपछि नेपालका लागि अन्जना रानामगर र रेखा पौडेलले एक / एक गरि २ गोल गरेपछि नेपालले भारतसंगको खेल जितेको थियो । भारतको तर्फबाट टुडु जवामानीले एक गोल गरेकेकी थिइन ।
प्रतियोगीताको फाइनल खेल नेपालले बंगलादेश र भुटानबीच हुने खेलमा जित हासिल गर्ने टिमसंग उपाधीका लागि भिड्नेछ ।