मदन पुरुस्कार विजेता जोशीको ‘सखी’ उपन्यास लोकार्पण (भिडियोसहित)

काठमाडौं । मदन पुरुस्कार विजेता रामलाल जोशीको “सखी” नामक उपन्यास लोकार्पण भएको छ । राष्ट्रिय प्रज्ञा प्रष्ठिान कमलादी काठमाडौंमा एक कार्यक्रमकाबीच साहित्यकारहरु सरुभक्त, राम लोहनी, बुद्धिसागर र अर्चना थापाले संयुक्त रुपमा “सखी” लोकापर्ण गरेका हुन् ।

पश्चिमा थारु समुदायको उत्पिडन, शोषण र विभेदमा आधारित रहेको उपन्यास सखीमा एकजना थारु युवतीलाई मुख्य पात्रको रुपमा देखाइएको छ । हिजोको दिनमा थारुहरुलाई कमैयाका रुपमा दास बनाइयो भन्दै लोकार्पण कार्यक्रममा लेखक जोशीले भने, ‘थारुहरुलाई राज्यको मूलधारमा ल्याउन कुनै खास विशेष व्यवस्था राज्यले गरेन, उनीहरुको सांस्कृतीक, आर्थिक र पहिचानको मुद्धा उठाइएन, नत उनिहरुका बिषयमा खासै केहि लेखिए, त्यसैले यि सबै कुराहरुको समिश्रणका रुपमा सखी लेखेको छु, जुन तपाइहरुको हातमा छ ।’

लोकार्पण कार्यक्रममा उपस्थित साहित्यकारहरुले लेखक जोशीको लेखनशैली र बिषयबस्तु छनौटको खुलेरै प्रसंशा गरेका थिए भने कार्यक्रम उपस्थित साहित्यप्रेमी तथा सर्बसाधारणहरुले सखीबारे लेखकले दिएको सारांश जानकारीबाट आफुहरु खसी पढ्न इच्छुक रहेको बताएका थिए ।
सखी लोकार्पणको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार