काठमाडौं । छोटो समयमै लोकपृय बन्न सफल गायिका निरुता खत्रीको नयां मौलिक देउडा गीत “जिन्स पाइन्ट लाउँदी” सार्वजनिक भएको छ । देउडा गीतहरुमा भित्रिएको बिकृतीमाथी ब्याँग्यात्मक सैलीमा तयार भएको यस गीतमा चर्चित देउडा गायक भुवन दाहाल र निरुता खत्रीको स्वर रहेको छ ।
गीतका शब्द महेश कुमार कार्कीले लेखेका हुन भने गीतमा संगीत विजय कुमार थापा मगरले भरेका हुन । गीतको अडियो सम्पादन कृष्ण बाजुरेलीले गरेको छन् भने भिडियो निर्देशन भिम बिष्ट (अछामी रेखा थापा) ले गरेका हुन ।
अमित बिकले छायांकन गरेको भिडियोको सम्पादन कृष्ण बिसीले गरेका हुन । भिडियोमा अछामी रेखा थापा, स्मृती, दिपेन्द्र जंग लगायतको अभिनय रहको छ । “जिन्स पाइन्ट लाउँदी ” बोलको यस मौलिक देउडा गीतलाई बिहीबार बिशेष फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुदूर र कर्णली प्रदेशको पहिचान भनेर चिनिने देउडा गीतलाई अझ मौलिक र जनजिवनमा आधारित बनाउनु पर्ने उदेश्य बोकी “जिन्स पाइन्ट लाउँदी ” बोलको गीतलाई बजारमा ल्याइएको गायिका निरुताले बताइन ।
गीत हेर्नुहोस









