नोबेल मेडिकल कजेज विराटनगरमा सुत्केरीको मृत्यु

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्की रहेकी छन् ।

कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुप मै सुत्केरी भएकी कार्कीको अत्यधिक रक्तश्रावका कारण बुधबार विहान मृत्यु भएको हो ।

मृतकका आफन्तले सामान्यरुप मै सुत्केरी भएकी कार्कीको चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।
उनीहरुले रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको गुनासो गरेका छन् ।

वार्डमा एक्कासी बेहोस भएपछि चिकित्सकले पाठेघर फाल्न भन्दै अप्रेशन थिएटरमा लगेपछि बुधबार बिहान ३ बजे मृत घोषणा गरेको थियो । तर चिकित्सकले भने धेरै रगत बगेपछि अप्रेशन गरेको र अप्रेशन सफल नभएर मृत्यु भएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार