काठमाडौं । आर. एस. फिल्मसको प्रस्तुतीमा पारिवारीक कथामा आधारित देउडा गीत “घर घरकी कहानी” सार्वजनिक भएको छ ।
सामाजिक कथाबस्तुमा आधारित भएर निमार्ण भएको यस मौलिक देउडा गीतमा लालु रैकाल, शोभा थापा, निरुता खत्रि र करन बिकले स्वर दिएका छन् ।
लालु रैकाल र करन बिकले संयुक्त रुपमा यस गीतको शब्द र लय सिर्जना गरेका हुन भने गीतको एरेन्ज विजय थापाले गरेका हुन ।
प्राय सबैको घर परिवारमा दाजु भाई, देउरानी जेठानी, सासु ससुराबीच हुने मनमुटाव र झै झगडालाई मध्यनजर गर्दै निमांण गरिएको यस गीतको भिडियो सोनु बिकले छायाँकन र सम्पादन गरेका छन् ।
सुदूुरपश्चिमका रमणिय स्थान र जनजिवनलाई यस गीत देख्न सकिन्छ । गीतको भिडियो निर्देशन अहिलेका चर्चित निर्देशक रमेस बिजुली बिसीले गरेका छन् । गीतको भिडियोमा रमेस बिजुली बिसी, सविता सुनार, भिम बिक, चाँदनी बोगटी र मिना सोवले अभिनय गरेका छन् ।
गीतको भिडियो











