काठमाडौं । विप्लव समुहका नेताहरु धमाधम पक्राउ पर्ने जारि रहेको छ । यहि क्रममा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुगेंललाई पक्राउ गरेको छ ।
प्रहरीले उनलाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका ५ का ढुंगेललाई प्रहरीले टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।
प्रहरीका अनुसार उनिमाथी थप अनुसंन्धान भइरहेको छ । विप्लव समुहले देशका विभिन्न ठाँउमा एनसेलका टावरमाथी आगजनी गरेपछि प्रहरीले उसका नेता कार्यकर्ता खोजि खोजि पक्राउ गरिरहेको छ ।










