पोखरा । पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई पाँच लाख घुस लिँदालिँदै पक्राउ गरेको हो ।
कपिलवस्तुका रामकुमार टण्डनले सरकारकी वकिलको कार्यालयमा बुधबार बिहान करिब ९ बजे तिर सहन्यायाधिवक्ता थापालाई घुस दिँदै गर्दा अख्तियारको टोली रंगेहात गरेको थियो ।
पक्राउ परेका थापा उपर प्रचलित कानून अनुसार कडा कारवाही हुने आयोगले जनाएको छ ।