गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

घोराही । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । अध्यक्ष भत्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीमा शनिबार राति आगजनी गरिएको हो ।

बंगलाचुली गाउँपालिका ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समुहले आगजनी गरेको हाे । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।

गाडीमा आगो कसले र किन लगाए भन्नेर अनुसन्धान भइरहेकोछ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार