रवि पत्नीको जाहेरी दर्ता नहुनुको कारण यस्तो रहेछ, अब के हुन्छ ?


काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्धामा प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लाछिानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले अस्विकार गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप लगाउँदै चितवन प्रहरी प्रमुखसहित ३ जना बिरुद्ध निकिताले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेन ।

आफ्ना वकिलका साथ उजुरी दिन गएकी निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन ।

दर्ता नहुनुको कारण यस्तो छ
पत्रकार पुडासैनी आत्महत्या प्रकरणको भिडियो किर्ते गरेको भन्दै चितवन प्रहरी प्रमुखसहित ३ जना बिरुद्ध जाहेरी दर्ता गर्न गएकी  रवि पत्नी निकिता बुधबार रित्तो हात फर्किन ।

प्रहरीले उनको उजुरी नलिनुको कारण भने निकिताले उजुरीमा उल्लेख गरेको बिषय प्रहरीको क्षेत्राधिकारभित्र परेन । उक्त बिषय प्रहरीको नभई सम्मानित अदालतले हेर्ने भनेपछि निकिता रित्तो हात फर्केकी हुन ।

“यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले भने, प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन, यो सम्मानित अदालते हेर्ने बिषय हो।”

रवि पत्नी निकिताको उजुरी दर्ताका बिषयमा रविका दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइ र प्रहरी उपरीक्षक अशोक सिंहबीच आधा घण्टा छलफल गरेको थियो ।

तर, निकिताका अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको आरोप लगाए।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् ।

यो पनि पढ्नुस

रवि पत्नी निकिताले पनि एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी दिइन

यो पनि पढ्नुस

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध मुद्धा दर्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार