चट्याङ लागेर एकको मृत्यु

ओखलढुङ्गा । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको बारीमा घाँस काटिरहेका बेला पानीसंगै परेको चट्याङ लागेर उनि घाइते भएका थिए ।

घाइते मगरलाई स्थानियहरुले बारीबाट घरमा ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार