स्याङ्जामा एकै परिवारका दुई जनाकाे हत्या

स्याङ्जा । स्याङ्जामा एकै परिवारका दुई जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । जिल्लाको हरिनास गाउपालिका वडा नं ३ मा रहेको ललहीको मिनडाडामा एकै परिवारका दुई जनाको हत्या गरिएको हो ।

मंगलबार बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर भागेको स्थानीयले बताएका छन् ।

धारीलो हतियार प्रहारबाट २९ बर्षीय बाबु चित्र बहादुर खड्का र उनका ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको छ । हत्या कस्ले के कारणले गरेको हो भन्ने बारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारीको टोली हरिनास पुगेको छ ।

प्रहरीले हत्याको बारेमा अनुसन्धान गरिरहेको छ । यस बारे स्थानीयलाई पनि जानकारी नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार