सवारी दुर्घटनामा परि अमेरिकामा ३ नेपालीको मृत्यु


काठमाडौं । अमेरिकामा सवारी दुर्घटनामा परि फेरी नेपालीको मृत्यु भएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ ।
घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको बताइएको छ। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार