मन्त्री नै डेंगुबाट संक्रमित, ग्राण्डीमा उपचार हुँदै


काठमाण्डौ । डेंगुको त्रास सबैतीर फैलिरहेका बेला सरकारका एक मन्त्रीनै डेंगुबाट संक्रमित भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल डेंगुबाट संक्रमण भएका हुन ।

उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । मन्त्री खनाललाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षणपछि डेंगु भएको पुष्टि भएको थियो ।

त्यसपछि उनलाई बुधबार साँझ नै उपचारका लागि काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको मन्त्री सचिवालयले जनाएको छ ।
मन्त्री खनाल शुक्रबार हेटौँडाबाट फर्किएपछि उनलाई ज्वरो आएको थियो र चेकजाँचका लागि अस्पताल लगिएपछि डेंगु संक्रमण देखिएको हो ।

डेंगुको त्रास
पुर्बको धरानमा सुरुमा देखिएको डेंगु फैलिदै अहिले देशका ४२ जिल्लामा पुगिसकेको बताइएको छ । डेंगुबाट काठमाडौं उपत्यका पनि उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । डेंगुबाट चिकित्सक र नर्सहरु नै संक्रमित भएको खबर आएपछि सर्वसाधारणमा यसको झनै त्रास बढेर गएको छ ।

नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताए ।

केहि दिनअघि स्वास्थ्यमन्त्रीले नै डेंगु नियन्त्रणका लागि मन्त्रालयको एक्लो प्रयास प्रयाप्त नहुने भएकाले सरकारका सबै सबै तह र निकायबाट रोकथामको संयुक्त अभियान थालिनुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस

डेङ्गु बढ्दै, राजधानी नै जोखिममा

हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार