काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग खेलमा वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा नेपालले उपाधि जितेको हो ।
शुक्रबार मलेशियाको क्वालालम्पुरस्थित वायुमस ओभल मैदान सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
सिङ्गापुर र नेपालको समान ६ खेलबाट समान ११÷११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो ।
सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०/१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यस्तै सोमपाल कामी र करत्रण केसीले दुई/दुई विकेट झारे भने ललित राजवंशी र वसन्त रेग्मीले एक÷एक विकेट लिए ।
यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०/१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै आएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो ।
सन्दीप चम्किए,राष्ट्रिय कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् ।