काठमाडौं । हिन्दुहरुको ठुलो चाँड दसैैंको सयममा प्राय धेरै माछा, मासु लगायत अन्य मालेदार खानेकुरा खाइन्छ । यदि खानेकुरामा ध्यान दिइएन भने चाँडको बेला यसले स्वास्थ्यमा गम्भिर समस्या निमत्याउन सक्छ । बिषेशगरि, मुटु रोगीहरुले कस्ता खानेकुरामा ध्यान दिने भन्नेबारे केहि जानकारी दिदैछौं ।
दशै जस्ता नेपाली चाँडपर्वमा सबैको भान्सा पाक्ने भनेकै त्यहि माछा, मासु, चिल्लो खानेकुरा नै हुन । जसमा बिशेषगरि, मुटु बिरामीहरुले ध्यान दिनुपर्छ ।
कस्तो मासु खाने मुटु बिरामीले
दसैंमा बढी मासुका लागि प्रयोग हुने भनेकै खसी, च्याँग्रा, राँगा नै हुन । जसमा रातो मासु धेरै हुन्छ । यो मुटु रोगीका लागि हानिकारक मानिन्छ, त्यसैले नखाने ।
चिल्लो पर्दाका खानेकुरा कम खाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने । माछा लगायत कुखुराको मासु पनि धेरै नखाने । नुन धेरै हालिएको खानेकुरा पनि मुटु बिरामीहरुका लागि हानिकारक हुन्छ। मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु, छाला भएको र प्रशस्त मात्रामा पहेंला फलफुल र हरियो सागपात धेरै भन्दा धेरै खानु पर्दछ । (डा.प्रनिति सिंह–डाइटिसियन,नर्भिक अस्पताल)