
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाका दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका छन् । सो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिको शनिवार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका हुन ।
गृहमन्त्री बादललाई नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सभापतिहरुले सयुक्त रुपमा ज्ञापनपत्रका बुझाएका थिए ।
“नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बदाइसकिएको छ, ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भने ।”
घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए ।
विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो ।
जसका जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही घाइते भएका थिए । कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमण गरेको काँग्रेसको आरोप छ ।








