
काठमाडौँ । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई कास्की जिल्लामा कुनैपनि गतिविधी गर्न निषेध गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको हो।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको जनाएको छ ।
तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह ९ज्ञानेन्द्र शाही० जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनु भई सहयोग गर्न अपिल गर्दर्छौँ ।”
नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन ।












